आर्थिक

सिभिल बैंकको शाखा अब सुनसरीको दुहवीमा

काठमाडौँ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।