खेलकुद

राष्ट्रिय टिम च्याम्पियनसिपका लागि पाँच खेलाडी क्लबमा अनुबन्धित

काठमाडौँ । विभिन्न खेलहरुमा संघ तथा क्लबले खेलाडी अनुबन्ध गर्दै आईरहेकोमा चेस खेलले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्दै अनुबन्ध गर्ने कार्यलाई अगाडी बढाउन थालेका छन् ।

त्यसै क्रममा रुकुम चेस क्लबले तुलसी स्मृती प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय टिम च्याम्पियनसिपका लागि पाँच खेलाडीलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ ।

क्लब संग अनुबन्धित हुने खेलाडीहरुमा मिलन लामा, सुस्रुत दाहाल, विवेक श्रेष्ठ, युवराज पौडेल र मिलन रोक्का रहेका छन् । खेलाडीहरुलाई क्लबका संयोजक तथा अन्तराष्ट्रिय आर्विटर एवं राष्ट्रिय ईन्ष्ट्रक्टर बालाराम पुनले आईतबार एक कार्यक्रमबिच खेलाडीहरुलाई अनुबन्ध पत्र हस्तान्तरण गरे ।

चेस खेलमा उत्कृष्ट, अनुशासित तथा शिक्षित खेलाडीका रुपमा गनिएका खेलाडी मध्येका मिलन लामा अन्तराष्ट्रिय रेटिङ्गमा २०३४ मा रहेका छन् । उनी यु – १० का च्याम्पियन रहनुका साथै सहकारी चेस च्याम्पियनका उपविजेता समेत रहेका छन् । यस्तै हालै पूर्वमा भएको पथरी ओपन विजेता रहेका सुस्रुत दाहाल १८१९ रेटिङ्गमा रहेका छन् ।

गत साल भएको टिम च्याम्पियनमा सनसनीपूर्ण खेल प्रस्तुत गरेका विेवक श्रेष्ठ १८४४, यु – १६ उपविजेता भई २०१७ का ओलम्पियाडमा सहभागी भईसकेका युवराज पौडेल १६६३, तथा मध्यपश्चिमका विजेता भईसकेका रुकुमका पहिलो खेलाडीमा गनिएका मिलन रोक्का १७६६ रेटिङ्गमा रहेका छन् ।

खेलाडीहरुलाई अनुवन्ध पत्र प्रदान गर्दै संयोजक पुनले नेपालको चेस खेलमा अनुशासित तथा उच्च स्तरका खेलाडीहरुलाई क्लबमा अनुबन्ध गर्न पाउँदा आफुलाई निकै नै खुसी लागेको भन्दै यस्ता अनुबन्धले क्लबको मान प्रतिष्ठामा अभिबृद्धि गर्नुका साथै खेलाडीहरुको मनोबल र हौशलालाई उच्च राख्न प्रेरण मिल्ने र आगामी दिनमा खेलाडी अनुबन्धमा प्रतिस्पर्धा हुँदै खेलाडीहरुको आर्थिक स्तरमा भरथेक हुनेमा आफु बिश्वस्त रहेको बताए ।