बाग्मती

प्रतिनिधिसभा बैठकमा विषयगत समितिमा हेरफेर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाअन्तर्गत गठित विषयगत समितिमा हेरफेर गरेका छन् ।

उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सरिता न्यौपानेलाई हेरफेर गरेका हुन् ।

प्रतिवेदन पेश

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले सदनसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।