समाचार

जनता र सरकारलाई लुटेर कालो धन जम्मा गर्ने कम्पनीहरुको खोजीमा राजश्व विभाग

काठमाडौँ । राजश्व अनुसन्धान विभागले कमाएको पैसाको हिसाब लुकाएर कर छली गर्ने व्यवसायीहरु फेला पार्न अनुसन्धान तीर्व पारेको छ । अनुसन्धानको क्रममा विभागले स्काई ओभरसिज नामक म्यानपाओरले ६ करोड राजश्व छली गरेको दाबी गर्दै उक्त ओभरसिजका सञ्चालक बलबहादुर तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । साथै १९ करोड ५७ लाख रुपैँयाको जरिवानाको पनि माग गरेको छ ।

म्यानपाओर मात्र नभई अवैध रुपमा धन आर्जन गर्ने कम्पनीहरुमाथी विभागले नजर गढाएको छ । व्यवसायीले लाखौँ रुपैँया अनौपचारिक रुपमा कारोबार गर्दै आएको हुनाले राज्यले कर गुमाइरहेको छ जसका कारण सम्पत्ति शुद्धिकरण विभागले यो कदम चालेको हो । साथै सरकारले अवैध रुपमा धन आर्जन गरिरहेका म्यानपाओरहरुमा छापा हान्ने भएको छ । सो कामका बीच आउने आवश्यक अनुसन्धानमा वैदेशीक रोजगार विभागले पनि मद्दत गर्ने भएको छ ।

वैदेशीक रोजगारका लागी १० हजार शुल्क लिनुपर्ने सरकारले तोकेको हुँदाहुँदै व्यवसायीले बढी पैसा लिँदै आएको तर कामदारलाई बिल भने १० हजार रुपैँयाको मात्र दिने गरेका छन् ।