राजनीति

काँग्रेसबाट विजयी मेयर राई भन्छन्ःः भ्रष्टाचार गरेको भेटिए प्रमाण दिनुस् तत्काल राजीनामा दिन्छु

बिराटनगर । प्रदेश नम्बर १ को राजधानी पर्ने मोरङ जिल्लाको लेटाङ नगरपालीका नगरपालीकाका मेयर शंकर राईले आफूलाई माथीबाट गाडी खरीदका लागि आएको रकमले गरीबको घर बनाउन जस्तापाता खरिद गरेको बताएका छन् ।

गत स्थानीय तहमा नेपाली काँग्रेसबाट विजयी भएका मेयर राईले आफूले नगरपालीकाबाट ब्यक्तीगत फाईदा लिनुभन्दा नगरबासीको हितका लागि काम गर्न ईच्छा व्यक्त गरेअनुसार जनताले जिताएकाले जनताको मतको दुरुपयोग हुन नदिने दाबी गरे ।

एक प्रतिष्ठीत अनलाईनसँग अन्तरवार्ता दिँदै आफूले निर्बाचन अगाडी जनतासँग गरेका प्रतिबद्धता बिस्तारै पुरा गर्ने बताउँदै खानेपानीको महशुल घटाउने कुरा निर्बाचन अगाडी नगरेको दाबी गरे ।

लेटाङ नगरपालीकाको क्रशर उद्योगमा आएको बेला बेलाको बिबादको बारेमा मेयर राईलाई प्रश्न गर्दा आफूले नियमसंगत नै सबै काम गरेको र नियम मिचेको भेटेमा प्रमाण ल्याउन चुनौती दिँदै त्यस्तो भेटिए तुरुन्त राजिनामा दिनेमात्र नभएर राजनीतिबाट नै सन्यास लिने दाबी गरेका छन् ।

आफ्नो परिवार नै लाहुरे भएकोले खानबस्न राम्रोसंग पुगेको भन्दै आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने आफ्नो ध्येय रहेको जिकिर गरेका छन् । मोरङको उत्तरी भेगमा पर्ने लेटाङ नगरपालीकाको उपमेयर सहित अधिकाँस नगरसभा सदस्य नेकपाको भएर बिबाद भईरहेपनि आफूले कसैलाई अन्याय हुनेगरी काम नगरेको उनको भनाई छ ।