पु.समाचार

लगातारको वर्षाले उपत्यकाका नदीमा पानीको बहाब बेढेपछीः सर्तक रहनुहोला

काठमाडौ । काठमाडौं उपत्यकामा पुनः बर्षा सुरु भएको छ । आज बिहानै देखिको लगातार वर्षाका कारण उपत्यकाका साना तथा ठुला नदिनालामा पानिको बहाब बढेको छ । केहिदीन देखि रोकिएको वर्षा  हिजो बेलुका सामान्य आपनि आज बिहानीपख बढेको थियो ।

उपत्यकाका बाग्मती, विष्णुमती, नख्खु, हनुमन्ते, नोहरालगायतका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाका छन । साथै बाढी पुर्वानुमान महशाखाले सम्पुर्न उपत्यका वासिलाई सर्तक रहन सचेत गराएको छ । मनोहरा, हनुमन्तेलगायतका खोलामा पानीको बहाव सतर्कता विन्दुको नजिकै पुगेको र बहाव बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

यस्तै उपत्यका बाहिर जाजरकोट, सल्यान, रुकुमलगायत ठाउँमा वर्षा भैरहेकाले ति क्षेत्रका नदीमा बिहान १० बजेसम्म नै आकस्मिक बाढी आउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । उता सिन्धुली, धनुषा,काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र गोर्खामा पनि ठूलो पानी परिरहेको र पानी पर्ने क्रम बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन र नदी किनारामा नजान सूचना निकालर आग्रह गरेको हो ।

यसैबीच आज देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । आज पहाडका एक–दुई ठाउँमा भने ठूलो तथा पूर्व, मध्य र पश्चिमी भेगमा मेघ गर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ । आज, भोलि र पर्सि पानी पर्ने भएकाले बाढीपहिरो र चट्याङबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।