राजनीति

शिक्षा र स्वास्थ्य क्षेत्र निःशुल्क नभए गरिव जनताको उत्थान असम्भवः नेता गुरुङ

नवलपुर । नेपाली काँँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुगंले मुलुकमा क्षिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने विचार व्यक्त गरेका छन् । नेविसंघ मध्यविन्दु समन्वय समितिको कार्यक्रममा बोल्दै नेविंसँघका पूर्ब केन्द्रीय अध्यक्ष समेत रहेका नेता गुरुगंले शिक्षा र स्वास्थ्यलाई पुर्ण निशुल्क गर्न नसक्ने भएसम्म गरीब जनताको उत्थान संभव नभएको धारणा राखेका छन्।

नेता गुरुगंले गरीब जनताले तिरेको करबाट नेताहरुले विलाशी जीवन विताउने तर त्यही जनताका आधारभूत आवश्यक्ताहरु पुरा नगर्ने नेताहरुको प्रवृति रहेको बताउँदै परिवर्तन हुनुपर्ने बताए । भ्रष्टाचार बिरुद्ध खरो रुपमा उत्रिने नेता गुरुगंले शनिबारको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनी भन्छन्ः गरीब जनताले तिरेको करबाट नेताहरुले विलाशी जीवन विताउने तर जनतालाई आबश्यक शिक्षा र स्वास्थ्यलाई पुर्ण निशुल्क गर्न नसक्ने भएसम्म गरीब जनताको उत्थान संभव छैन।