खेलकुद

इन्टरनेसनल च्याम्पियन्स कपमा एट्लेटिकको जित

एजेन्सी । प्रि–सिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्ट्सलाई हराएको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले युभेन्ट्सलाई २–१ गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन जोओ फेलिक्सले दुई गोल गरे । युभेन्ट्सका सामी खेडिराले एक गोल फर्काए । खेलको २४ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । तर, खेलको ३३ औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३९१ को जित दिलाए । जितसँगै एट्लेटिकोले ६ खेलमा ६ जित निकाल्दै प्रि९सिजन टुर सकाएको छ ।