अन्तर्राष्ट्रिय

इदका अवसरमा पारेर त्रिपोलीमा युद्धविराम

एजेन्सी । लिवियाली सैनिक नेता खालिफा हफ्तारको समूहले इश्लामिक पर्व इद अल–अधाका अवसरमा राजधानी त्रिपोली वरपर युद्धविराम गर्न सहमत भएको हफ्तारका प्रवक्ताले शनिबार पुष्टि गरेका छन् ।

“हफ्तारको सैन्यबलले इदका अवसरमा त्रिपोली वरपर सबैै सैन्य गतिविधिलाई रोक्नेछ,” अहमद् अल–मेस्मारीले लिवियाली पूर्वी शहर वेङ्गाजीमा एक पत्रकार सम्मेलन गरी बताएका छन ।

हफ्तारको स्वघोषित लिवियाली राष्ट्रिय सेनाले अप्रिलको शुरूदेखि नै त्रिपोली वरपरका क्षेत्रमा आफ्ना गतिविधिलाई बढाएको छ । हफ्तारको समूहले लिवियाको संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त संयुक्त सरकारविरद्ध त्रिपोली नियन्त्रणका लागि लडिरहेको छ ।