राजनीति

नेकपाले कम्युनिष्ट हौं भन्दै जनतालाई ढाँट्यो, संघीयता खारेज गरौंः अध्यक्ष केसी

काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भारतसँग नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार डराएको बताएका छन् । शुरुवातीदेखी नै संघीयताको बिरोध गर्दै आएका पूर्व उपप्रंधानमन्त्री समेत रहेका अध्यक्ष केसीले प्रादेशीक संरचना खारेज गर्दै केन्द्र र स्थनीय तहलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गरेका छन् ।

कम्युनिष्ट पार्टीले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफैंले लगानी गरेर ठूला ठूला स्कूल र अस्पतालको मालिक बनेको भन्दै चुनावमा करोडपतिहरुलाई मात्र टिकट दिएको बताए । सरकार विदेशीको ईशारामा चलेको भन्दै पछिल्लो समय राष्ट्रियता, अखण्डता र सार्बभौमिकतामा संकट परेकोले नेकपाले कम्युनिष्ट हुँ भन्दै जनतालाई ढाँटेको दाबी गरेका छन्। अध्यक्ष केसीले पार्टीको आन्तरिक कार्यक्रम बुटवलमा उक्त कुरा बताएका हुन् ।