राजनीति

आउँदो चुनावमा काँग्रेसले बहुमत ल्याउँछ, कम्युनिष्टबाट आर्थिक क्रान्ती असम्भबः गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले देशलाई ठूलो आर्थिक क्रान्तीको जरुरी भएको र कम्युनिष्ट पार्टीको नेतृत्वमा आर्थिक क्रान्ती सम्भब नभएको ठोकुवा गरेका छन् ।

सबैले २०७९ सालमा निर्बाचन हुने र २०७९ सालको निर्बाचनमा कम्युनिष्ट पार्टीले लोकतन्त्रका बिरुद्धमा हुन थालेका षढ्यन्त्रका विरुद्धमा काँग्रेसले परास्त गर्नुपर्ने विचार व्यक्त गरेका छन् । चुनावमा काँग्रेसले विजयी हुनुपर्ने दाबी गर्दै जनमत पाएपछि जनताका संकल्पहरु पुरा गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

उनले जनताका कम्युनिष्ट दुईतिहाई सरकारमा नेपाली जनतालाई व्यापक असन्तुष्टी शुरु भएको भन्दै असन्तुष्टीलाई नेपाली काँग्रेसले सम्बोध गर्दै लानुपर्ने बेला आएको विचार व्यक्त गरेका छन् ।

सिन्धुपाल्चौकको एक कार्यक्रममा नेता थापाले उक्त कुरा बताएका हुन् । पूर्व स्वास्थय मन्त्री समेत रहेका नेता थापाले २०७९ सालमा काँग्रेसले राम्रोसँग काम गरेमा बहुमत ल्याउन सक्ने समेत बताए ।