प्रवास

काँग्रेसले वीपीको समाजबादलाई बिर्सेको छैन, विश्वपरिवेश हेरेर बुझ्नुपर्छः डा कोईराला

युएई । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले काँग्रेसले वीपी को समाजबाद काँग्रेसले नछाडेको विचार व्यक्त गरेका छन् । काँग्रेसले दिएको प्रजातान्त्रीक समाजबादले कोहीपनि भोकै मर्नु नपरोस, पैसाको अभावमा मनुनपरोस भन्ने हो । बीपीको समयको अवस्था र अहिले विश्वपरिवेश हेरेर समाजबादको व्याख्या हुनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिती युएईको चौथो अधिवेसन उदघाटन् गर्दै नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले उत्पादन, बजार, सडक, शीत भढण्डार लगायतका सबै कुरा हुनुपर्ने बताउँदै दुईवटा कुरा कम्युनिष्टहरुसँग मिल्ने बताएका छन् ।

पछिल्लो समय राष्ट्रियता अप्ठ्यारोमा परेको बताउँदै लेख्न, पढ्न बोल्न नपाएर बोल्न नपरोस भन्ने भएको बताउँर्दै मुलुक गण्तन्त्र, धर्मनिरपेक्षता, समावेशीता र संघीयतामा गईसकेको भन्दै अहिले पछाडि फर्किएमा मुलुक दुर्घटनामा पर्ने जिकिर गरेका छन् । उनले यो चलाउदा संबिधान खारेज हुने समस्या आउन सक्ने हुंदा यसलाई चलाएर भन्दा बचाएर देश निर्माणमा लाग्नुपर्ने कुरा बताएका छन् । पछाडि सरेमा पुरानै अवस्था आउने सम्भावना रहेको बताए ।

कार्यक्रममा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, युवा नेता रामहरी खड्का, जनसम्पर्क समितिका नेताहरु लगायतले मन्तव्य राखेका थिए ।