खेलकुद

जिल्लाव्यापी लिग २०७६ को उपाधि सिद्धि गणेशलाई

भक्तपुर । भक्तपुर जिल्लाव्यापी लिग फुटबल प्रतियोगित २०७६ को उपाधि सिद्धि गणेश खेलकूद समितिले हात पारेको छ ।

भक्तपुर जिल्ला फुटबल सङ्घको आयोजनामा एक साताअघिदेखि भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा सिद्धि गणेश खेलकूद समितिले भक्तपुर डिलाइट फुटबल क्लबलाई ३–० गोलको अन्तरले पराजित गरी उपाधि हात पारेको हो ।

प्रतियोगितामा विजेता सिद्धि गणेश र उपविजेता भक्तपुर डिलाइटलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले पुरस्कार, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरे ।