स्वास्थ्य

नगर प्रमुख सरावगीद्धारा निःशुल्क स्वास्थ्य शिबिर उदघाटन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले समाजवादी पार्टी राजनितिकसंगै जनताको हरेक सुखदुखमा सहभागी हुने पार्टी भएको बताएका छन् । समाजवादी पार्टी वीरगन्ज महानगरपालिका वडा नम्बर १० द्धारा आयोजित निःशुल्क आंखा तथा दात उपचार शिविरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्ता धारणा व्यक्त गरेका हुन् ।

व्यक्तिगत स्वार्थ भन्दा पनि समाजवादी पार्टीका नेता तथा कार्यकर्ता जनसेवाको भावनालेनै सधै राजनिति गर्दै आएको कार्यक्रममा बताएका थिए । जनताको स्वाथ्य शिविर होस वा प्राकृतिक विपदा वाढिपिडितहरुको सेवा होस आफु जनताको सबै र सधै हरेक सुखदुखमा साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए । पार्टीले आयोजना गरेको निःशुल्क आंखा र दात शिविरले स्थानियलाई सेवा पुग्ने आशा व्यक्त गर्दै नगर प्रमुख सरावगीले यस्ता शिविरहरुको आयोजना आफनो अग्रसरतामा निरन्तर भइरहेकको आश्वासन समेत व्यक्त गरेका थिए ।

समाजवादी पार्टी वडा नम्बर १० का नेता प्रेमचन्द्र प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त स्थास्थ्य शिविरको उदघान कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य पुरुषोत्मलाल झा, शशिकपुर मिया, वडा अध्यक्ष नगीना प्रसाद साह, नगर अध्यक्ष इश्वार यादव, नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी, तबरेज अहमद, चिकित्सक सन्तोष ठाकुर, स्वास्थ्य कर्मि स्वाती रानी गुप्ता लगायतका नेता तथा व्यक्तित्वहरुको उपस्थिी रहेको थियो ।