लुम्बिनी

त्रसित जिवन जिउन वाध्य राप्ती किनाराबासीः वर्षा हुनु अभिसाप झैं

बाँके । वर्षा याम सुरु हुनु पानि आउनु किशानका लागि खुःशी को कुरो हो । खेती पाति सिजन सुर हुन्छ वर्षभरी खान पुग्नेगरी अन्न पत्पादन गर्नुपर्ने भएकाले वर्षायाम खेती पाती गर्ने किशानका लागि निकै महत्वहुन्छ । तर त्यहि पानि त्यहि वर्षा कयौं नागरिकका लागि अभिषाप पनि बनिदिन्छ ।

वर्षनि वर्षाका कारण डुवान, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण हजारौंले अकालमा ज्याग नुमाउनु पर्दा त्यस्ता नागरिकका लागि वर्षायाम अभिषाप झैं भैदिन्छ । कुनै पनि चिज आवस्यकता भन्दा वढी प्राप्त भयो भने त्यस्ले विनाश रुप लिएझैँ वर्षा पनि आवस्यकता भन्दा वढी आँउदा बिनाश लिएर आउने गर्दछ ।

यस्तै विनाशको चपेटामा वर्षाैसाल पर्ने गर्दछन राप्ती वासि । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका छेउछाँउका बासिन्दाको निन्द्रा हराउँने गर्दछ । कुनबेलन राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा को भोग निद्रा सबै हराउने गर्दछ भने पालैपालो सुत्ने गर्छन् ।

नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्ने गर्दछ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया र फत्तेपुरवासीले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए ।
तटबन्ध नहुँदा बाढीले बर्सेनी खेतीयोग्य जमीन कटान गरिरहेको छ ।

बर्सेनी तटबन्ध बन्ने र भत्किने क्रम जारी छ । करोडौँ लगानी भयो तर भरपर्दा काम नगर्ने सरकारको कारण यस्ता समस्या बारबार आउने गर्दछन । अहिलेसम्म न गाउँ जोगियो न खेतीयोग्य जमीन । यसअघि होलियाको टेपरी, चौफेरी र फत्तेपुरलगायत गाउँका बासिन्दा विस्थापित भएका थिए ।

हाल जनताको तटबन्ध कार्यक्रमले राप्ती किनारमा तटबन्ध निर्माण गरिरहेको छ । करीब रु एक अर्बको लागतमा राप्तीको कटान र डुबानको जोखिममा रहेका होलिया र फत्तेपुरमा १३ किलोमिटर पक्की तटबन्ध निर्माण भइरहेको छ ।
तटबन्ध निर्माण भइरहेका आठ प्याकेजमध्ये चार प्याकेजको काम सम्पन्न भएको छ । बाँकी ११ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम करीब ७५ प्रतिशत पूरा भइसकेको छ । तटबन्ध निर्माण गरेको ठाउँमा डरत्रास हटेको फत्तेपुरका दुर्गाप्रसाद पाण्डेले बताएका छन ।

राप्ती किनारका बस्तीलाई बाढी तथा डुबानबाट पूर्णरुपमा सुरक्षित बनाउन नदीको दुवैतर्फ करीब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नेपालगन्जका इञ्जिनीयर हरिश पन्तका अनुसार तटबन्ध निर्माणको काम तिव्रताका साथ भइरहेको छ ।

बाढीबाट हालसम्म एक हजार १२२ घर पूर्णरुपमा तथा १५ हजार ७३७ घर आंशिकरुपमा क्षति हुँदा करिब ८० हजार बासिन्दा प्रभावित भएका थिए । दक्षिण–पूर्वमा पर्ने मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करीब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान गर्नुका साथै बालुवा खेतमा भरिएपछि सयौँ किसान भूमिहीन भएका छन् ।