राजनीति

डा भट्टराईको सरकारलाई दबाबः बुढी गण्डकी नेपाल आफैंले बनाउनुपर्छ, बरु छिटो क्षतीपूर्ति दिने काम गरौं

काठमाण्डौ । पुर्व प्रधानमन्त्री एबम् संघीय समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले बुढी गण्डकी आयोजनाको कार्य छिटो सम्पन्न गर्न नेकपा अध्यक्ष केपी ओली सरकारलाई दबाब दिएका छन् । शुक्रबार उर्जा मन्त्री बर्षमान पुनलाई गारेखाका साँसदहरुको टोलीलाई लिएर भेट्दै नेता डा. भट्टराईले उक्त दबाब दिएका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेसहितका अन्य पार्टीका साँसदहरुलाई लिएर गएका डा भट्टराईले राष्ट्रिय गौरवको आयोजना भएकोले बढी बिबाद नझिकी नेपालले नै आफैं बुढी गण्डकी आयोजनालाई बनाउनुपर्ने विचार ब्यक्त गरेका थिए ।

उनले रखाको आरूघाट, आर्खेत र धादिंगको खहरेका प्रभावित जनतालाई पुनर्वासः पुनर्स्थापनाको विकल्प सहित छिटो मुआब्जा वितरण गर्न समेत आग्रहक गरेका थिए । काँग्रेस नेता पाण्डेले बुढी गण्डकीमा अरबौं खर्च भएपनि सरकारले राष्ट्रिय गौरवको आयोजनामा भ्रष्टाचार गरेर विवादमा ल्याएको भन्दै विवादरहीत ढंगले नेपाल सरकार आफैंले सम्पन्न गर्नुपर्ने धारणा राखे । उपस्थित अन्य नेताहरुले पनि मन्त्री पुनःसंग आ–आफ्ना धारणा राखेका थिए । मन्त्री पुनःले आफूले सबैको कुरालाई सुनेर कार्यान्वयउनका लागि अगाडी बढाउने बचन दिएका थिए ।
भेटघाटपछि डा भट्टराईले स्टाटस्मा भने,

‘बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजना नेपालले आफ्नै बलवुतामा छिटो बनाऊँ! गोरखाको आरूघाट, आर्खेत र धादिङको खहरेका प्रभावित जनतालाई पुनर्वासःपुनर्स्थापनाको विकल्प सहित छिटो मुआब्जा वितरण गरियोस्! गोरखा र धादिंगका सांसदहरूको उर्जामन्त्रीलाई आग्रह!’