प्रवास

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा अम्बिका पनि भिड्ने

दक्षीण कोरिया । सामाजिक सेवामा क्रियाशील अम्बिका डिसि पार्कले गैर आवासीय नेपाली सघ एनआरएनए दक्षिणी कोरियाकोको सातौं अधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारि घोषणा गरेकि छिन् ।

आगामी सेक्टेम्वर २१ र २२ मा हुने अधिवेशनमा आफु उपाध्यक्ष पदको दावेदार भएको भन्दै अम्बिकाले उम्मेदवारी घोषणा गरेकि हुन् ।दक्षिण कोरियाको फेन्तेकमा बसोबास गर्दै आएकि अम्बिकाले दुःख र समस्यामा परेका नेपालीलाई सक्दो सहयोग गर्दै आएको धेरैले प्रशंसा गर्छन् ।नेपालमा आँखाको उपचार सम्बन्धि अध्यण गरेकि अम्विकाले हाल कर्मथलो दक्षिण कोरिया बनाएकि छिन् ।उनले विभित्र सामाजिक सँघ सस्थाको सहकार्यमा केही बर्ष अगाडि दुर्गम गाउँमा निशुल्क शिविरहरु पनि सञ्चालन गर्दै आएकी थिइन् ।

अहिले उनले ब्यवसाय सँगसँगै नेपालीहरुको कोरियामा परेका समस्या समाधान गर्न सक्दो खटनपटन गर्छिन् । विश्वभर फैलिदै गएको सामाजिक सस्था हामी नेपाली ग्लोबल दक्षिण कोरिया कि अध्यक्ष समेत छिन् । समस्यामा खटेर लाग्ने उनलाई युवाहरूले पनि साथ दिदै आएका आएका छन्। शुभचिन्तकहरुको सल्लाह सुझावबाट प्रभावित बनेर उपाध्यक्ष उम्मेदवारी दिने घोषणा गरेको उनले बताइन् ।