आर्थिक

सिभिल बैंकको शाखा अब पाँचथरको रविमा

काठमाण्डौ । “समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले पाँचथर जिल्लाको रविमाशाखा संचालनमाल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरे ।

उक्तशाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।