राजनीति

भारतीय विस्तारवाद मुर्दावाद, भन्ने कम्युनिष्टहरु कता हराएः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले भारतीय विस्तारबाद मुर्दाबाद भन्ने संसदबाट हराएको आरोप लगाएका छन् । नेता गुरुङले भारतीय विस्तारबद मुर्दाबाद भन्नेहरु अहिले तं चुप मै चुपको हिशावले बसिरहेको देखिएको भन्दै पाक–भारत संभावित युद्वमा भारतीय सेनामा भर्ती भएका नेपालीहरुले रगत वगाउनु पर्ने दिन नआओस् भन्दै राष्ट्रबादी विचार व्यक्त गरेका छन् ।

उनले जम्मु–कश्मीरको घटनासँग जोड्दै उक्त कुरा बताएका हुन् ।

उनी भन्छन्, ‘जम्मु–कश्मीरको घट्ना बारे तैं चुप, मै चुप, सबै चुप। विगतमा भारतीय विस्तारवाद मुर्दावाद! भन्दै उफ्रने कम्युनिष्ट क.हरुको सरकारले पनि वोल्न नपर्ने, संसदमा माननीयज्युहरुले कुरा उठाउनु पनि नपर्ने ! पाक–भारत संभावित युद्वमा भारतीय सेनामा भर्ती भएका नेपालीहरुले रगत वगाउनु पर्ने दिन नआओस्।’