लुम्बिनी

लोककुमारी स्मृति पुरस्कार दाङका नेपालीलाई

घोराही। लोककुुमारी रिजाल स्मृति पत्रकारिता पुुरस्कार नेपाल टेलिभिजन दाङका संवाददाता जनक नेपालीलाई प्रदान गरिएको छ ।

रिजालको तेस्रो स्मृतिसभाको अवसरमा प्रेस सङ्गठन दाङको आयोजनामा आज एक कार्यक्रम गरी पत्रकार नेपालीलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले नेपालीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

विसं २०७३ मा रिजालको स्मृतिमा छोरा हरिप्रसाद रिजाल, गणेश रिजाल, अर्जुुन रिजाल, अजयदीप शर्मा र नातिनी राधा रिजालले रु ५१ हजार राशिको अक्षयकोष स्थापना गरेका हुन् ।