विचार/ब्लग

राजधानीको बसाई ! उफ, नुहाउन त महिनादिनमा एकपटक पाए मर्नु !

सविना अधिकारी / उमेर बढ्दैगएपछि अबिबाहितलाई बाबा–आमाले अब त बिहे गर्नुपर्छ भनेर कराउन थाल्नुहुन्छ, आफु त बाच्न गाह्रो भइरहेको बेला अब बिहे गरेर कसरी घर व्यवहार चलाउने झन समास्या हुन्छ । बिहे गर्दिन भनौँ बाबा–आमाको मन न हो अब त हाम्रो कुरा कहाँ सन्छौ र ? ठुला भयौ भने चित्त दुखाउन थाल्छन् । अझ अर्कोतिर आजकल त ब्वाईफ्रेण्ड छ भने भन्, म गार्जनसँग कुरा गर्छु भन्ने गार्जनहरु बढेका छन्, मेरी साथीकी बहिनी संगीताले मलाई केहीदिन अगाडीमात्र यो कुरा बताएकी थिईन् ।

कति सुन्दर सपना मनमा सजाएर आइन्छ काठमाडौँ । आमा–बाबाले ठिक पारिदिएको झोला हातमा लिँदै, आशिर्वाद लिँदै विदा भएकोे त्यो दिन मलाई पनि अहिले जस्तै लाग्छ । त्यसबेला म पनि झोला हातमा लिँदै आमाबाबालाई अब म पनि काठमाडौँ शहरमा गएर पढेर ठूलो मान्छे बनेर छिट्टै पैसा कमाएर सुख दिन्छु भनेर घरबाट निस्केको थिएँ । तर मनमा सजाएजति कहाँ पुरा हुँदो रछ र ? केही सपना पुरा गर्न पनि गाह्रो र छ । सोचेको भन्दा धेरै फरक छ काठमाडौँ !

 

राजधानी त केवल धनीका लागि मात्र बनेको हो कि जस्तो मनमा खेलिरहन्छ आजकाल । बाहिरबाट आएका धेरैको जीवन पनि परिवर्तन नभएको होईन तर सोझा सिधा, इमान्दार तथा बिशेषगरी मध्यम बर्गीय परिवारका लागि काठमाडौँमा बाच्न धेरै गाह्रो भएको पुष्टी नै भएको छ, त्यसको प्रमाण म नै हुँ ।

काठमाडौँको बसाई अनि बढ्दो महँगी प्रत्येक दिन, पानी देखि लिएर सबै कुरा किनेर खानु पर्ने । खाने कुराको मात्र के कुरा फोहोर फालेको समेत पैसा तिर्नुपर्छ । जागीर गरौं,आफुले सोचेजस्तो र आफूलाई जिविकोपार्जन गर्न पुग्ने भेटिदैन, सानै भएपनि नगरौँ कसरी बाँच्नु त पर्यो ! कोठाभाडा एउटाको ७ हजारभन्दा बढी पर्छ, कसरी अटाउने एउटा कोठामा सानो परिवार, बाहिरबाट काठमाण्डौ आएर बस्नेको पीँडा कसले बुझ्ने ? दिनानुदिन हामीलाई समस्या पर्दै जान्छ, तराई वा पहाड जहाँ भएपनि घरबाट ल्याएको खाने कुरा ( चामल, तरकारी, तेल लगायत) पैसा सकिएपछि पुनः घरमा पठाउन आग्रह गर्न पनि सरम हुन्छ, काठमाण्डौमा बढेका छोराछोरीले कमाएर पठाउलान् भन्ने अभिभावकले सोचेका हुन्छन् उल्टै खानमात्र पनि पो मागिरहेका छन् भन्लान् भन्ने डर ? हामी ठूलो दोधारमा पर्छौँ । एकातिर बाँच्नलाईपनि पैसाको समस्या, अकोतिर परिवार बाँच्नु र बचाउनुपर्ने बाध्यता ।

जागीर गरौं,आफुले सोचेजस्तो र आफूलाई जिविकोपार्जन गर्न पुग्ने भेटिदैन, सानै भएपनि नगरौँ कसरी बाँच्नु त पर्यो ! कोठाभाडा एउटाको ७ हजारभन्दा बढी पर्छ, कसरी अटाउने एउटा कोठामा सानो परिवार, बाहिरबाट काठमाण्डौ आएर बस्नेको पीँडा कसले बुझ्ने ?

कोठा महंगो त छंदैछ, महिनौ खोजेपनि भनेजस्तो नभेटिने समस्या ज्यूँका त्यू छ । भेटियो भनेपनि के काम गर्छौ बाबू भनेर घरबेटीले सोध्छन् । सानो काम गर्ने भनो भने समयमा भाडा तिर्देन कि भनेर भाडामा नै नदिने डर । महंगा महंगा फ्ल्याट भेटिन्छ त्यस्तो पैसा त तिर्न सक्ने सम्भावना नै रहंदैन । एउटा, दुुइटा कोठा भेटियो भने पानीको समस्या । खानेपानी हप्तामा एकपटकमात्र रे । नुहाउन त महिनादिनमा एकपटक पाए मर्नु, मुख धोयो, तेल लगायो, कपाल कोर्यो, लिपिष्टीक पाउडर लगायोे, र पर्फम लगायो कसलाई के थाहा, केटा मान्छे त झन्, मुख धुने र पर्फम लगाएर मात्र हिँड्छन् भन्ने मेरो साथी समीरले बताउदै थियो । बिद्यार्थी जिवनमा त जसले जे भने पनि लाज भएन तर विद्यार्थीबाट पारिवारिकमा आएपछि भने परिवार र समाजमा ईज्जत जोगाउन मुश्किल नै हुँदोरहेछ ।

यसरी नै जिन्दगी बितिरहन्छ त्यसमा घरबेटि यस्तो किच्किचे पर्छ कि, भाडावालालाई त मान्छे नै नगन्ने । सुबिधा केहि दिन नसक्ने तर भाडा भने महिना अग्रीम बुझाउनुपर्ने । एकदिन ढिला भयो भनेपनि ढोका ढक्ढकाउन आईहाल्ने । कति निर्दयी काठमाडौँका घरबेटी, आज छैन भन्यो भने मेरो घर खालि गर भन्दै भनिहाल्छन् । काठमाडौँका घरवेटी यस्ता सम्म भेटिएका छन् कि एकजनासँग बैना लियो कोठा दिन्छु भनेर त्यो मान्छेले सामान ल्याएर कोठामा आइपूग्न नपाउँदै बढि भाडा दिने मान्छे आएभने फेरि अर्कैलाई कोठा दिने अनि पहिले बैना दिएको मान्छेले सामान ल्याएर राख्ने ठाउँ सम्म हुदैँन । अनि त्यो पीँडा पनि भाडामा बस्ने मान्छेले सहनु पर्ने । घरबेटी त आखिर उल्टै यो मेरो घर हो मेरो कुरा हो भनेर ठुलो बन्न खोज्ने । घरपटिले भाडावालालाई जतिबेला चाह्यो त्यतिबेला निस्किएर जानुस् भन्यो भने निस्किएर जानुपर्ने । अर्को कोठा कहाँ खोज्नु ? जिन्दगी नै पुरा कोठा र घरपतिको किचकिचमा नै बस्नुपर्ने हो र राजधानीमा हामीले ।

जसरी तसरी भाडा बुझायो अब लुगा के लगाउने ? तरकारी के खाने ? पढ्ने पढाने कसरी ? एक केजी टमाटारको दाम दुई सय भन्ने सुनेपछि टमाटर त हेर्नपनि छाडेको छु । गुन्दु्रक र भात खान पनि पछि नपर्ने हामी, अहिले काठमाण्डौमा त्योपनि पाउन छाड्यो । गाँउबाट आउथ्यो, आजकाल भएका जग्गा प्लटिङ गरेर रायो, तोरी, मुला नै उत्पादन हुन छाड्यो, उत्पादन नै हुन्न कसरी आओस् ।

जसरी तसरी भाडा बुझायो अब लुगा के लगाउने ? तरकारी के खाने ? पढ्ने पढाने कसरी ? एक केजी टमाटारको दाम दुई सय भन्ने सुनेपछि टमाटर त हेर्नपनि छाडेको छु । गुन्दु्रक र भात खान पनि पछि नपर्ने हामी, अहिले काठमाण्डौमा त्योपनि पाउन छाड्यो । गाँउबाट आउथ्यो, आजकाल भएका जग्गा प्लटिङ गरेर रायो, तोरी, मुला नै उत्पादन हुन छाड्यो, उत्पादन नै हुन्न कसरी आओस् । तरकारी भारतबाट ल्याउट कडा भएपछि महंगो त छंदैछ, बिशादी हालेको भनेर सुनिन्छ बिरामी परियो र अस्पताल जानुपर्यो भने उपचार गर्ने पैसा कहाँबाट ल्याउनु ? कपडा लगाउनै पर्यो, बजारमा गएर किन्दा पाँच हजार लिएर गयो भने सबैभन्दा सस्तो लुगा पनि आउन्न एकजनाका लागि, एकजनालेमात्र लगाएर त भएन होला नि एउटा परिवारमा, प्रश्नै प्रश्नले झेलिएको छ बाहिरबाट आएकाको राजधानीको जिवन !

प्रश्न गर्छ, राजधानीमा सयौं ठूला ठूला घर छैनन् र ? सर्यौ मान्छेले गाडी चढेर हिड्दैनन् र ? सर्यौ मान्छेले महँगो महँगो होटल, रेष्टुरेण्ट र रिसोर्टमा खाजा खाँदैनन् र ? सर्यौ मान्छे महँगा महँगा डिपार्टमेन्टल स्टोरमा सपिङ गर्न जाँदैनन् र ? अनि आर्फै उत्तर दिन्छु, सबै खाल्का मान्छे छन् राजधानीमा, महंगा महँगा गाडी पनि चढ्छन्, विलासी मकान पनि बनाएका छन्, महंगा महंगा लुगा पनि लगाउछन्, आजकाल त मनोरञ्जनका लागि महिनौ अमेरिका, लण्डन, पिसंगापुर, अष्ट्रेलीया लगायतका मुलुकमा रमाउन जाने मान्छे पनि बढिसकेका छन् । तर मेरो जस्तो जिवन जिउने त धेरै छन् नि । यस्तै छ काठमाण्डौँको जिबन बारिबाट आएकाको, यस्तै भन्दै चित्त बुझाउछु ।

तर म चैं त्यसतो बाटोमा लाग्नुनपरोस बरु मजदुरी गरेर एकछाकमात्र खाएर भएपनि बाँचौं भन्ने सोचमा अडिक नै छु अहिलेसम्म । अगाडी बढ्ने ईच्छा भएपनि जसरी पनि पैसा कमाउने लाईन्भन्दा बाहिर छु ।

काठमाडौँको महँगी अझै बढ्दै जान्छ परिवारका आवश्यकता । यो सब धान्न नसकेर कति मान्छे त चोर फटाहा भएर नि निस्कन्छन् रे सुनेको । नहुन् पनि कसरी न त खान लाउन नै पुग्छ न त पढ्न नै उता गाउँमा बाबा आमा मेरो छोरा–छोरी काठमाडौँमा बसेर पढ्दै जागिर खादै छ भनेर सानले भनिरहेका हुन्छन् घरमा जादाँ आफ्ना बाबा – आमालाई एक जोर कपडा सम्म लग्न सकिदैन अनि त्यो दिन मात्र याद आउछ बाबा–आमालाई दिएको बचन । तर म चैं त्यसतो बाटोमा लाग्नुनपरोस बरु मजदुरी गरेर एकछाकमात्र खाएर भएपनि बाँचौं भन्ने सोचमा अडिक नै छु अहिलेसम्म । अगाडी बढ्ने ईच्छा भएपनि जसरी पनि पैसा कमाउने लाईन्भन्दा बाहिर छु ।

काठमाडौँमा नै केहि मेहनत गरेर केहि गर्छु भन्दा भन्दै उमेर पनि ढल्किदै जाँदो रैछ, काठमाण्डौ पसेकोपनि १० बर्ष भईसकेछ, देशमा नै बसेर खुशी हौं भनेर पयालनबादी सोचपनि राखिन, नराखौं भन्ने सल्लापनि बेला बेलामा पत्रपत्रिकाहरुमार्फत पनि दिईरहेको केटी हुं । उमेर बढ्दैगएपछि अबिबाहितलाई बाबा–आमाले अब त बिहे गर्नुपर्छ भनेर कराउन थाल्नुहुन्छ, आफु त बाच्न गाह्रो भइरहेको बेला अब बिहे गरेर कसरी घर व्यवहार चलाउने झन समास्या हुन्छ । बिहे गर्दिन भनौँ बाबा–आमाको मन न हो अब त हाम्रो कुरा कहाँ सन्छौ र ? ठुला भयौ भने चित्त दुखाउन थाल्छन् । अझ अर्कोतिर आजकल त ब्वाईफ्रेण्ड छ भने भन्, म गार्जनसँग कुरा गर्छु भन्ने गार्जनहरु बढेका छन्, मेरी साथीकी बहिनी संगीताले मलाई केहीदिन अगाडीमात्र यो कुरा बताएकी थिईन् । बाबा–आमा र समाजकै लागि भए नि बिहे गर्याे झन समास्या सुरु हुन्छ खर्च बढ्छ, आवश्यक्ता बढ्छ । अधिकाँस बाहिरबाट आएकाहरु खाडी लगायतका बाह्या मुलुकमा पैसा कमाउनका लागि गएका छन्, धेरैजस्तो यस्तै बाध्यताका कारण गएका हुन् । मुलुकको नै माया गरौं न त भन्दा बाँच्न सकिने अवस्था नभएपछि उनीहरु त्यता हानिन बाध्य छन् ।

यो गरौं पनि छैन, उ गरौं पनि छैन, यस्तै छ राजधानी काठमाण्डौमा मध्यम बर्गीय परिवारको ब्यथा ।