प्रदेश 2

ट्रकको ठक्करबाट दुई ज्यान गयो

सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो ।

पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने मनोज दासको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौँडामा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।