समाचार

त्रिशूलीमा बस खस्योः मृत्यु हुनेको सङख्या ४ पुग्यो, २५ वेपत्ता

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङख्या ४ पुगेको समाचार प्राप्त भएको भने २५ यात्रु वेपत्ता भएका छन । सर्लाहीको मलङ्गवाबाट काठमाका लागि छुटेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको हो ।

दुर्घटनामा २५ जना हराइरहेको र १४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताएका छन ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।