अन्तर्राष्ट्रिय

चिनियाँ सामानको विदेशी व्यापार ४.२ प्रतिशतले वृद्धि

एजेन्सी । चिनियाँ सामानको विदेशी व्यापार सन् २०१८ को पहिलो सात महिनाको तुलनामा सन् २०१९ को सोही समयमा ४.२ प्रतिशतले वृद्धि भएको छ ।

चीनको भन्सार कार्यालयको बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो बर्षको पहिलो सात महिनाको तुलनामा यस बर्ष बैदेशिक व्यापारबाट १ सय ७४ खर्ब १० अर्ब चिनियाँ युआन (२० खर्ब ४९ करोड अमेरिकी डलर) थप नाफा भएको छ । चीन–अमेरिका व्यापार विवादका कारण चिनियाँ अर्थतन्त्रमा व्यापक प्रभाव पर्नसक्ने कतिपय अनुमानहरूलाई यो तथ्याङ्कले गलत सावित गरिदिएको छ ।

चिनियाँ भन्सार अन्तर्गत तथ्याङ्क विश्लेषण विभागका प्रमुख ली ख्वै वनका अनुसार, “सोही अवधिमा चीनको निर्यातमा गत बर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि हुँदा ९४ खर्ब ८० अर्ब युआनको कारोबार भएको छ भने आयात १.३ प्रतिशतले बढेको छ । बढेको आयातप्रतिशत अनुसार आयाततर्फ चीनको ७९ खर्ब ३० अर्ब युआनको कारोबार भएको छ । विभागका प्रमुख लीले भने “यो अवधिमा चीनको अतिरिक्त व्यापारको मात्रा गत बर्षको सोही समयको तुलनामा ४७.४ प्रतिशतले बढेको देखिएको छ ।

यसबाट चीनले १५ खर्ब ५० करोड युआन बढी आम्दानी गरेको छ ।”“चालु वर्षका अघिल्ला ७ महिनामा चीनको सामान्य व्यापारिक आयात–निर्यातको कूल मात्रा १ सय ४ खर्ब पुगेकाले गत वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ । त्यो संख्याले कूल वैदेशिक व्यापारिक मात्राको ५९.८ प्रतिशत स्थान ओगटेको छ । यो अघिल्लो बर्षको तुलनामा शुन्य दशमलब आठ प्रतिशत अङ्कले बढी हो ।”

यो समयमा चीनको सबैभन्दा ठूलो व्यापार साझेदार यूरोपेली संघ (इयू) बनेको छ । इयूसँग द्विपक्षीय व्यापारको आयतनमा १०.८ प्रतिशत पुगेको छ । एक बर्ष पहिले इयूसँगको द्विपक्षीय व्यापारको आयतनमा कुल २७ खर्ब २० अर्ब युआन पुगेको छ । इयूलाई पछ्याउँदै चीनसँगको दोस्रो ठूलो साझेदार दक्षिणपूर्वी एशियाली मुलुकहरूको संगठन (आसियन) बनेको छ ।

चीनले आसियन मुलुकहरूसँगको कारोबारलाई ११.३ प्रतिशतले बढाएर दुईपक्षीय कारोबार रकमलाई २३ खर्ब ५० अर्ब युआन पुर्याएको छ भने अमेरिका तेस्रो स्थानमा रहेको छ । यो बर्ष अमेरिकासँगको विवादका कारण चीन–अमेरिकाबीचको व्यापार आयतनमा भने ८.१ प्रतिशतले कमी आएको राजश्व कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । यसबाट चीनले अमेरिकासँगको व्यापार कारोबारमा २१ खर्बले कमी देखिएको छ ।

चीनको व्यापार राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी रेशम मार्ग परियोजना अर्थात् एक पेटी एक सडक (ओबीओआर) अन्तर्गतका मुलुकहरूसँगको कारोबार रकम ५० खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ । यो गत बर्षको पहिलो सात महिनाको तुलनामा १०.२ प्रतिशत बढी हो । यो रकम कुल व्यापार रकमको २८.९ प्रतिशत हो ।

यसैगरी यो अवधिमा चीनको निजी क्षेत्रको कारोबार रकम ११.८ प्रतिशतले बढेको र यसअन्तर्गत ७३ खर्ब १० अर्ब युआन कारोबार भएको छ भने यो रकम चीनको सम्पूर्ण व्यापार कारोबार रकमको ४२ प्रतिशत हो ।