खेलकुद

डेभिड स्कुल स्तरिय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिताको उपाधी नजिक

काठमाण्डौ । काठमाण्डौ मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाण्डौ ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरिय प्रतियोगिताको उपाधी नजिक पुगेका छन् ।

काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा किर्तिपूरस्थित अडिटोरियमहलमा भएको च्याम्पियनसिपको छात्र यु – १४ मा अभियानले ग्यालेक्सि स्कुलका निकेश पोखरेललाई २१–१३, २१ – १८ ले तथा डेभिडले केएमसीका प्रत्याकलाई २१ – १६, २१ – ७ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

स्कुल टु ओलम्पिक भन्ने नारालाई आत्मसाथ गर्दै स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको छात्रा तर्फ बृटिष स्कुलकी साम्भवी पालक र ग्यालेक्सि स्कुलकी निमा यान्जी शेर्पा पनि फाईनल प्रवेश गरेका छन् ।

पालकले क्यानभासकी ईमेक लुना लावतीलाई २१ – ९, २१–६ ले तथा शेर्पाले पाँगा स्कुलकी सोफिया महर्जनलाई २१ – १०, २१ – १२ ले पराजित गरे ।

यस्तै यु – १२ छात्र तर्फ भ्याली भ्यूका संक्षम ढकाल र बुद्ध ईन्टरनेशनलका ककेश सत्याल पनि फाईनल प्रवेश गरे । ढकालले लिशा स्कुलका श्रेयास रन्जितकारलाई २१ – १२, २१ – ८ ले तथा सत्यालले एनएमई का विश्वास बुढाथोकीलाई २१ – १३, २१ – १६ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

यस्तै छात्रा तर्फ ब्रिटिष स्कुलकी साम्भवी पालक र ग्यालेक्सि स्कुलकी श्रेया जे. शेर्पाले पनि उपाधी भिडन्त गर्ने भएका छन् । पालकले सेन्ट जेभियरका प्रनिषा श्रेष्ठलाई २१ – ७, २१ – ४ तथा शेर्पाले केन्द्रिय बिद्यालयकी प्रिशा सिंहलाई २१ – ७ र २१ – ८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

प्रतियोगिताको फाईनल भोली बिहान ११ बजे बाट सुरु हुने र पुरस्कार वितरण दिनको १ ः ३० बजे हुने कार्यक्रम रहेको छ ।