समाचार

काँग्रेस नेता सिंहको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ ।

सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

सिंहलाई डा मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । डा गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ ।