बाग्मती

धादिङमा सवारी दुर्घटनाः भारतीय नागरिकको मृत्यु

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए ।

दुर्घटनापछि घाइते भएका दासको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल कलङ्की काठमाडौँमा लगिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो । दुर्घटना गराउने सवारीसाधन र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।