प्रवास

अब काँग्रेस हाँक्ने क्षमतावानलाई मात्र वडादेखी केन्द्रसम्मको नेतृत्वमा ल्याऔं: डा कोईराला

बेल्जियम, ब्रोसेल्स् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा शेखर कोईरालाले कााँग्रेसको मापदण्ड र नेता तथा कार्यकर्ताहरुको भावना देश र जनताका लागि अन्य पार्टी भन्दा राम्रो हुनुपर्ने विचार व्यक्त गरेका छन् । ब्राजिलको ब्रोसेल्समा जनसम्पर्क समितिका पदाधिकारी तथा नेताहरुसंगको छलफलमा उक्त कुरा बताएका हुन् । एकहप्ता अगाडीदेखी युरोपका बिभिन्न स्थानको भ्रमणमा रहेका डा कोईरालाले स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा कँग्रेसले हार्नुमा केन्द्रमा बस्ने सबैले जिम्मेवार हुनुपर्ने बताउँदै सबैभन्दा बढी जिम्मेवारी भने नेतृत्वले लिनुपर्ने जिकिर गरेका छन् ।

नेता डा कोईरालाले नाम नलिईकन निर्बाचनमा पराजय हुनुमा सभापति शेरबहादुर देउवा नै सबैभन्दा बढी जिम्मेवार भएको बताएका हुन् । डा काोईरालाले पर्टीमा लागेर महासमिति सदस्य, , जल्ला सदस्य केन्द्रीय सदस्य वा जनसम्पर्कसमिति वा अन्य कुनै पदमात्र ओगट्ने कि मुलुक र जनताका लागि काम पनि गर्ने कुरालाई महत्व दिएर राजनीति अगाडी बढ्नुपर्ने गहकिलो विचार प्रकट गरेका छन् । हाामीले अन्य पार्टीभन्दा राम्रो पर्फमेन्स देखाउन नसके काँग्रेसले आफ्नो संगठन राम्रो नभएको प्रमाण देखिएको दाबी गरे ।

डा कोईरालाले काँग्रेसलाई केही दिनसक्नेलेमात्र पार्टीको हरेक तह र तप्काको नेतृत्वमा दाबी गर्नु उचित हुने र त्ययही अनुसार सोच्न आग्रह गरेका छन् ।