समाचार

सुष्माको निधनमा सभापति देउवा स्तब्ध

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टीकी नेतृ एवं भारतीय पूर्व विदेश मन्त्री श्रीमती सुष्मा स्वराजको निधनप्रति गहिरो दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई आज छुट्टाछुट्टै समवेदना सन्देश पठाएका छन् ।

सन्देशमा सभापति शेरबहादुर देउवाले नेपाल र भारत बीचको सम्बन्धलाई सुदृढ बनाउन श्रीमती सुष्मा स्वराजले पु¥याउनु भएको योगदानको स्मरण गरेका छन्। उहाँको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्यहरु, स्वर्गीय श्रीमती सुष्मा स्वराजका परिवारका सदस्यहरु सहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।