आर्थिक

काठमाडौंको नैकापमा सन्राइज बैंकको ११६ औं शाखा संचालनमा

काठमाडौँ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नैकापमा ११६ औँ शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सन्राइज बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइजबैंकले ११६ वटा शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।