आर्थिक

प्राइम कमर्सियल बैंकको बिशेष साधारण सभा सम्पन्न 

काठमाडौँ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आज आफनो बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

सम्पन्न बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या ९४ हुनेछ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो शेयर धनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको व्यहोरा जानकारी गराउँदछ ।