समाचार

सांसद कर्मा घलेलाई मातृशोक,काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा सदस्य कर्मा घलेकी माता यान्खु घलेको निधनप्रति दुःख व्यक्त गरेको छ ।काङ्ग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको हो ।

यान्खुको ८२ वर्षको उमेरमा यही साउन १९ गते निधन भएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।