बाग्मती

बालुवाटारस्थित सुविसु कार्यालयमा आगलागी

काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित चिनियाँ दूतावास नजिक आगलागी भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपराह्न आगलागी भएको जानकारी दिए ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उनले भने ।

ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताए । विसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।