आर्थिक

खाना पकाउने ग्यासको मुल्य घट्दाः पेट्रोल, डिजेलमा भने वृद्धि

काठमाडौँ । गएराति देखि लागु हुनेगरी खाना पकाउने ग्यासको मुल्य घटेको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाउने निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए । गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसा बढेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार समायोजन गर्दा ग्यासको मूल्य घटे पनि पेट्रोल, डिजेलमा बढेको प्रवक्ता गोइतले भने ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेलरमट्टितेल प्रतिलिटर ९७ र ९७ रुपैयाँ पर्ने निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

आइओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेपछि अन्तर्रा्ष्ट्रिय बजारअनुसार इन्धनको मूल्य समायोजन गर्नुपर्छ । तर, पूर्ण रुपमा कार्यान्वयन भएको छैन ।