अन्तर्राष्ट्रिय

सरकारको कदम ‘कार्यकारी शक्तिको दुरूपयोगः गान्धी

एजेन्सी । भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले सरकारको सोमबारको निर्णयलाई सरकारको ‘कार्यकारी शक्तिको दुरूपयोग’ बताएका छन ।

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारत सरकारले गरेको जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका हुन । उनल सरकारको यस कदमलाई मूर्खतापूर्ण कदम भएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नेता गान्धीले सरकारले लिएको पछिल्लो कदमले आतङ्कवादलाई प्रश्रय दिएको भनेका छन । गान्धीले भने छ, ‘आतंकवादीहरुलाई केन्द्र सरकारले किन मौका दिइरहेको छ? सबै नेताहरुलाई तुरुन्त रिहा गर्नुपर्छ ।’

सरकारी निर्णयको प्राय सवै कङ्ग्रेस नेताले विरोध गरेका छन । उहाँहरूले लोकतन्त्रमा जननिर्वा्चित प्रतिनिधिलाई विना कुनै कारण पक्राउ गर्नु केन्द्र सरकारको गैरजिम्मेवारीपन भएको बताएका छन ।