खेलकुद

वेस्ट ईन्डिजविरुद्व टी–ट्वान्टी सिरिजमा भारतद्धारा क्लिनस्वीप

एजेन्सी । वेस्ट ईन्डिजविरुद्व तीन म्याचको टी–ट्वान्टी सिरिज भारतले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा वेस्ट ईन्डिजलाई ७ विकेटले हराउँदै भारतले सिरिज क्लिनस्वीप गरेको हो ।

१ सय ४७ रनको लक्ष्य भ्रमणकारी टोली भारतले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्यो । ऋषभ पन्तले नटआउट ६५ रन प्रहार गर्दै भारतलाई जित दिलाएका थिए । कप्तान विराट कोहलीले समेत ५९ रन बनाएका थिए ।

केएल राहुल २० र शिखर धवन ३ रनमा आउट भएपछि भारतीय टिम दबाबमा आएको थियो । वेस्ट ईन्डिजका ओशेन थोमसले सर्वा्धिक २ विकेट लिएका थिए । सुरुवाती ब्याटिङ गरेको वेस्ट ईन्डिजले ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । किरोन पोलार्डले ५८ रन बनाउनु बाहेक अन्यको प्रर्दशन खासै गतिलो रहन सकेन ।

रोभमन पोवेलले नटआउट ३२ रन बनाएका थिए । भारतका दिपक चाहरले सर्वा्धिक ३ विकेट लिएका थिए । वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतले तीन म्याचको टी–ट्वान्टी र तीन म्याचको वन डे सिरिज खेल्नेछ । त्यस्तै दुई म्याचको टेष्ट सिरिज समेत खेल्नेछ ।