समाचार

टंकप्रसादका छोरा वीरभद्र विदेशमा बस्ने नेपालीलाई भन्छन्ः देश बनाउन सहकार्य गरौं, मातृभूमी फर्किनुस्

काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवं ज्यूँदा सहित टंक प्रसाद आचार्यका सुपुत्र वीरभ्रद्र आचार्यलाई प्रजातन्त्र आएपछि फ्रष्टेशन आएको बताएका छन् । नवलपरासी हर्कपुरमा बगैँचा फार्ममार्फत बाख्रापालन गर्दै आएका वीरभद्रले विदेशबाट पीएजडी गरेर आएपनि देशको आर्थिक समृद्धिमा नलागेको बताउदै देशको अवस्था बिग्रदा आफूलाई राजनीति गर्ने सोच नआएको बताए । आफूलाई देशका मेजर रिसोर्सेज पानी, ल्याण्डस्केप, माउण्टेन सिनरी, जंगल, पशु धन, मानव धन, कृषिको सदुपयोग गर्नुपर्ने भएपनि सदुपयोग हुन नसकेको बताए ।

आफूलाई वीपी कोईरालाले समेत राजनीति गर्नका लागि मागेको दाबी गर्दै पावरमा नभएसम्म कसैले कसैलाई पनि केही नगर्ने समाजको विकास भएको बताउदै आफू टीका लगाएर राजनीति नगर्नेबताएका छन् । आफूलाई काँग्रेस वा सबै पार्टीमा नेताहरुले तुक विनाका बोली बोलेको सुन्दा  भाषण सुन्न पनि लाज लाग्ने गरेको बताउँदै राजनीति गर्ने यस्ताहरुबाट पहरो फोर्न नसकिने बताए ।

एउटा प्रतिष्ठीत टेलिभिजनसंगको अन्तरवार्तामा बोल्दै नेपालको मेजर रोजगारी दिने कुरा भनेको कृषि नै हो र ५१ प्रतिशत जनता पशुधनमा लागेका छन् । शहरमा प्रविधि र पैसा भएको र गाँउमा जनशक्ती, लेवर, ल्याण्ड भएकोले उक्त चारकुरा जोड्नुपर्ने बताएका छन् । आफू देशभरका ७७ वटा जिल्लामा डुलेर अनुभव लिँदा गाँउका साथीहरुले शहरकालाई विश्वास नगर्ने र शहरका साथीहरु गाँउका साथीहरुसँग डराउने समस्या भेटेको दाबी गरे। सहजकर्ताको रुपमा आउनुपर्ने सरकार हो सरकार सधैं कुर्शीका पछिमात्र दौडिने मुलुकको राजनीतिक समस्याको जडले समेत अशर पारेको बताए । ०५४/५५ सालमा मीना दिदी र मैले नवलपरासीमा एक बिगा जग्गा किनेको र त्यसमा केही गरौं भनेर शुरु गरेको बताए ।

१९९३ सालमा एउटा ब्यक्ती राजतन्त्र हटाउछु भनेर लाग्यो, ४ जना साथीहरु तयार गर्यो, त्यसपछि १९९७ मा राणाहरुले जेल हाले । बाहुन जेल पर्यो, सर्बस्वहरण भयो भने आफन्त तथा साथीभाईले डरले हेरेनन्, दुईछोरीसहित बाहुनी पाटीको बासमा बसे । सरकारी सुब्बा आएर कुहीनुले पहिरो फोर्छु भनेर फोरिन्छ र ? भनेका थिए । केही बर्ष पछि २००७ सालमा बाहुन (टंक प्रसाद) जेलबाट निस्किए, बित्दै जाँदा दरबारिया सुब्बा सायव ०१२ सालमा बाहुन प्रधानमन्त्री भएपछि घर आए, त्यसबेला बाहुनीले सुब्बा साएबलाई चिनेपनि केही नभनेको आफ्नै घरको उदाहरण दिदै देश बदल्ने दृढ ईच्छा भए ईच्छा पुरा हुनसक्ने विश्वास ब्यक्त गरे ।

आफूले बुबाबाट केही गरौँ भन्ने प्रेरणा लिएको बताउँदै बुवाले राजनीति गर वा वकील बन भनेपनि आफूले उक्त कुरा भने नमानेको जिकिर गरेका छन् । ईन्टरनेटको माद्यमबाट बोएर जातको बाख्राबाट फाईदा हुन्छ भन्ने जानेकाले अष्ट्रेलीयाबाट ल्याउदा उचित हुने ठानी बोएर जातका खसी र बाख्रा पाल्न थालेको बताए । ३ बर्षदेखी आफूले काम गर्दा नार्कले ब्यक्तीगत रुपमा सहयोग गरेपनि सरकारले औपचारिक रुपमा कुनै चासो नदेखाएको बताए ।

आफू पुर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको छोरा भन्दा गोठाले वीरभद्र आचार्य भनेर चिनाउन चाहेको बताएका छन् । उनले विदेशबाट नेपाल फर्किन चाहेमा आफूलाई सम्पर्क गर्न आग्रह गर्दै अष्ट्रेलीया र डेनमार्कबाट साथीहरु आएर आफूसंग संगै काम गरिरहेका उदाहरणहरु भएको दाबी गरेका छन् । नेपालमा ४५ बर्ष अगाडी १७ अर्ब जतिको माशु भित्रिन्छ भन्ने रेकर्ड थियो पछिल्लो समय ४ अर्बमा झर्यो भन्ने कुरा राम्रो हो ।

आफू पुर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको छोरा भन्दा गोठाले वीरभद्र आचार्य भनेर चिनाउन चाहेको बताएका छन् । उनले विदेशबाट नेपाल फर्किन चाहेमा आफूलाई सम्पर्क गर्न आग्रह गर्दै अष्ट्रेलीया र डेनमार्कबाट साथीहरु आएर आफूसंग संगै काम गरिरहेका उदाहरणहरु भएको दाबी गरेका छन् । नेपालमा ४५ बर्ष अगाडी १७ अर्ब जतिको माशु भित्रिन्छ भन्ने रेकर्ड थियो पछिल्लो समय ४ अर्बमा झर्यो भन्ने कुरा राम्रो हो । आफूलाई वीपी कोईरालाले समेत राजनीति गर्नका लागि मागेको दाबी गर्दै पावरमा नभएसम्म कसैले कसैलाई पनि केही नगर्ने समाजको विकास भएको बताउदै आफू टीका लगाएर राजनीति नगर्ने हल्का भएको आरोप लगाएका छन् । आफूलाई काँग्रेस वा सबै पार्टीमा भाषण सुन्न पनि लाज लाग्ने गरेको छ । राजनीति गर्ने यस्ताहरुबाट पहरो फोर्न नसकिने बताए ।

नेताहरुमा रोलमोडल कोही नभएको, बुद्धिजिवी भएपनि राजनीतिक पृष्ठभूमि भएपनि देश र जनताका लागि केही गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा उनले देश बनाउन देशलाई चिन्ने नेता चाहिने बताउँदै मन्त्री र पैसाका पछिमात्र लाग्नेले मुलुकको परिवर्तन गर्न नसक्ने ठोकुवा गरेका छन् । उनले अहिलेको लोकतन्त्र भनेको यही हो भन्ने प्रश्न गर्दै देशको विकास कृषिबाटमात्र सम्भव भएको जिकिर गरेका छन् । आफूलाई कृषि पेशा छोडेर राजनीतिमा आउने भन्ने सोच नभएको दाबी गर्दै भविश्यमा के हुन्छ भन्ने आफूले बताउन नसक्ने दाबी गरे । आफूनो उद्येश्य भनेको देशलाई माया गर्ने र केही गर्न चाहने आफ्नो उद्येश्य रहेको दाबी गरेका छन् ।

अर्काको बुई चढेर अगाडी बढ्न नसकिने विश्वास रहेको भन्दै आफू मूलूकको हितका लागि पुरा जिवन लागिरहने बताए ।