समाचार

उपसभापति निधिद्वारा नेता सिंहको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौँ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

‘प्रोस्टेट’मा समस्या देखिएपछि आज बिहान १ः०० बजे मेडिसिटी अस्पताल भर्ना भएका सिंहलाई आजै दिउँसो अस्पतालमा पुगेर उपसभापति निधिले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका निधिको सचिवालयले जनाएको छ ।

सिंहलाई भेट्न निधिका साथ पत्नी अनामिकासमेत पुगेका थिए । अस्पतालको ५२७ नम्बर शय्यामा सिंहको उपचार भइरहेको छ ।