अन्तर्राष्ट्रिय

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको चेतावनी

काबुल । अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ । सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ ।

यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए । यस वर्ष त चुनावी हिसा शुरु भइसकेको छ ।

अफगानिस्तानमा राष्ट्रपतीय पदको निर्वाचन अगामी सेप्टेम्बर २८ को लागि तय भएको छ । तर यसको चहलपहल सुरु हुन सकेको छैन र केही उम्मेदवारहरूले आफ्नो चुनावी अभियान सुरु गर्न सेकेका छैनन् ।

यस निर्वाचनलाई निरिक्षण गरिरहेका कैयौ पर्यवेक्षकहरुका अनुसार यो चुनाव पुनः स्थगित हुनेछ भन्ने रहेको छ । अमेरिका र तालिबानबीच शान्ति अन्तिम सम्झौताको लागि भन्दै यसअघि नै दुई पटक राष्ट्रपतीय चुनाव स्थगित गरिएको छ ।

अफगानिस्तानको चुनावले कुनै खास महत्व नराख्ने तालिबानले बताएको छ । सन् २०१४ को राष्ट्रपति चुनावमा पनि ठगी र धोखा भएको तालिबानले आरोप लगाएका छन् ।
अमेरिकाको आदेशमा राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँड गर्ने सम्झौता भएको तालिबानको भनाई रहेको छ ।

चुनाबी अभियानको शुरुमा नै यसै महिनाको पहिलो दिन उपराष्ट्रपतिका उम्मेदवारका अम्रुल्लाह सालेहकोे कार्यालयमा गरेको आत्मघाती आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको थियो ।