प्रदेश 1

औषधि व्यवसायी संघको अध्यक्षमा खड्कासहित यस्तो समूह भयो विजयी

विराटनगर । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङको अधिवेशन उद्घाटनका अवसरमा आयोजकले उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुलाई पिपलको पातबाट बनाइएको ब्याच र रुद्राक्षको माला लगाइदिएको छ ।

प्रमुख अतिथीका रुपमा रहेका प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पिपलको पातबाट बनाइएको ब्याच र रुद्राक्षको माला लगाएपछी कार्यक्रममा उपस्थिित भएका अतिथी तथा सहभागीहरुको ध्यान त्यतातिर माडिएको थियो ।

कार्यक्रमका सभापति गोपाल काफ्लेले भने, ‘हाम्रा प्राकृतिक वस्तुहरुको प्रयोग गरेर पनि कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण दिन हामीले यस्तो गरेका हौँ । हामीले अहिलेको समाजमा आएका बिकृतिलाई तोड्दै नयातरिकाले सम्मान गर्ने परम्परा बसाल्न खोजेका हौं ।’

कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले भने, ‘प्रदेश १ सरकारले प्रदेशमा ३ वटा आयुर्वेद केन्द्र र प्रदेशमा भएका सबै जडीबुटीको सुचीकरण गर्दे वैद्यखाना संचालन गर्ने तयारी गरेको गरेको छ, आयुर्बेदको पछिल्लो समयमा महत्व बढ्दै गएकोले प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’

आयुर्वेद क्षेत्र योगदान पु¥याउने व्यक्तीत्वहरुः डा. वेदानन्द मिश्र, राम गोपाल अग्रवाल र नरवहादुर राईलाई सम्मान गरियो भने
गोविन्दबहादुर खड्काको अध्यक्षतामा उपाध्यक्षमा नेत्रप्रसाद भण्डारी, सचिवमा फडिन्द्र पोखरेल, कोषाध्यक्ष, देवनारायण साह, सदस्यहरुमा चन्द्रमणी तिम्सिना, बिमल राजवंशी, सम्झना पोखरेल, सरिता गौतम र श्याम यादवलाई आगामी कार्यकालका लागि निबर्काचित