राजनीति

साना मान्छेको सही सल्लाह नलिदा ठूला मान्छे आफैं लड्ने नेता गुरुङको चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले नेकपा सरकारसँग काँग्रेसको अचम्मको सहमती भएकोमा व्यंग्यात्मक विरोध जनाएका छन् । केहीदिन अगाडी नै आफूले हल्का रुपमा संसद अबरुद्ध गर्नुभन्दा ठूला ठूला भ्रष्टाचार काण्डका बिरुद्ध संसद अबरुद्ध गरौं भनेर सुझाव दिँदा आफ्नो सुझावलाई नमानेकोतर्फ संकेत गर्दै होचाहरुको सुझाव लिंदैमा अग्लाहरु होचा हुदैनन् तर सुझाव नलिदा अग्लाहरु आफै लड्छन् भनेका छन् ।

नेता गुरुङले आफूले काँग्रेसको केन्द्रीय समिति बैठकमा कुरा उठाएको एक हप्ता पनि नभएको स्मरण गर्दै उक्त कुरा आफ्नो नेतृत्वलाई सुझावका रुपमा दिएका छन् । नेता गुरुङले साना मान्छेको राम्रो सुझाव ठूला मान्छेले लिदा राम्रो हुने भएपनि आवश्यक सुझाव बेवास्ता गर्दा कालन्तरमा ठूला मान्छे नै पछुताउनुपर्ने समय आउने तर्क गर्दै चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘संसद अबरोध गर्ने भए भ्रष्टाचारका ठुल्ठुला काण्डहरुको निष्पक्ष छानविनका लागि गर्नुपर्छ तर हलुका विषयमा संसद अबरोध गर्नु गलत भएको कुरा मैले नेका केस बैठकमा राखेको हप्ता दिनमै संसदमा अचम्मको सहमति भएछ। होचाहरुको सुझाव लिंदैमा अग्लाहरु होचा हुदैनन् तर सुझाव नलिदा अग्लाहरु आफैं लड्छन्।’