आर्थिक

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण समारोह सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक लि. को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबार देखि हाल सञ्चालित भवन संगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी ज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए ।

स्थानान्तरण भई कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमु्ख नारायणगढ सुरेन्द्र भण्डारी लगायत स्थानीय वासीहरुको उपस्थिति रहेको थियो । यस बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ए.टि.ए.म मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ए.बि.बि.एस्, एस्.एम.एस् बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, सि-ए.एस्.बि.ए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थ्प गर्दै जाने बैंकको योजना रहेको छ ।