शिक्षा

मदन भण्डारी विश्वविद्यालय विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्दै वैज्ञानिक उत्पादन गर्नुनै विश्वविद्यालयको मुख्य उद्देश्य हुने बताए ।

राष्ट्रिसभाबाट संशोधन भई संशोधनमाथि विचार गरियोस् भनी फिर्ता पठाइएको ‘भूउपयोग विधेयक, २०७५’ को प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनसमक्ष प्रस्तुत गरे ।