अन्तर्राष्ट्रिय

हतियार व्यवस्थापनका लागि अमेरीकासंग नयाँ वार्तागर्न हामी तयार छौंःपुटिन

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्ततालाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन ।

शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच मध्यम दुरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको उक्त प्रस्ताव आएको हो ।

“नियम, सीमा र कानून बिहीन अवस्थाको अस्तव्यस्तताबाट जोगिनका लागि सम्भावित सवै परिणामलाई तौलिँदै निःसन्देह गम्भीर बन्नु र वार्ता शुरू गर्नुपर्ने आवश्यकता छ,” पुटिनले एक विज्ञप्तिमार्फत अमेरिकासँग आग्रह गरेका हुन । विज्ञप्तिमा थप भनिएको छ, “हामी रूस यसका लागी तयार छौँ ।”