अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा परी लिबियामा ४२ जना मारिए

त्रिपोली । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार सरकारी सैनिकहरुको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । नगरपालिकामा कार्यरत एक जना सरकारी अधिकारी इब्राहिम ओमरले एएफपीसँग भने, “आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।

”घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ंख्या बढ्न सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।