आर्थिक

बाराको निजगढमा सन्राइज बैंकको ११५ औं शाखा संचालनमा

काठमाडौँ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले निजगढमा ११५ औँ शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर, सुरेश कुमार खनाल तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरे र निजगढ नगरपालिकाको उप–मेयर लिलादेवी लामिछाने खनालले ए. टि. एम. को उद्घाटन गरेका थिऐ ।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।हालसम्म सन्राइज बैंकको ११५ वटाशाखा संख्या, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।