आर्थिक

सन्राइज बैंकको बारा जिल्लाको सिमरामा शाखा बिस्तार

काठमाडौँ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सिमरामा ११४ औँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा तथा सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको तथा जितपुर सिमरा उपमहानगरपालिकाको मेयर डा. कृष्ण पौडेलले ए. टि. एम. को उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हाल सम्म सन्राइज बैंकको शाखा संख्या ११४ वटा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।