राजनीति

संसदमा महतोको प्रश्नः कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो ?

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रम नफैलाउन सरकारलाई चेतावनी दिए ।

बैठकमा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ‘आइतबार सरकारले सार्वजनिक गरेको खबरमा नागरिकता खारेज भएको राजेन्द्र महतो को हो ’ भन्ने प्रश्न गर्दै आफ्नो नाम जोडिएकामा आपत्ति जनाए ।

नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए ।

उनले भने, “सभामुखज्यू, यसले मेरो मानहानि भयो, कहाँ उपचार गर्न जाऊँ, मलाई कसले उपचार दिन्छ रु” सञ्चार माध्यमले पनि यसमा ध्यान नदिएको भन्दै उनले आपत्ति जनाए ।