आर्थिक

महालक्ष्मी विकास बैंक लि. को नयाँशाखा ठमेलमा

काठमाडौँ। यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्‍याउने उद्देश्य बमोजिम शाखा सञ्जालन विस्तार गर्दै आइरहेको छ । यसै क्रममा यहि मिति २०७६ श्रावण २० गते सोमबारदेखि बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिका वडा नम्बर २९, ठमेलमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आए सँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ। बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।