अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा सात लडाकू मारिए

जलालाबाद। अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको। शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ ।

प्रान्तीय प्रशासनका प्रवक्ता अत्ताउल्लाह खोगीआनीले सोमबार उक्त जानकारी दिनु भएको छ । यस हवाई कारबाहीमा परी सर्वसाधारण र सुरक्षा अधिकारी कुनै क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

नान्गार्हार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूह यस कारबाहीको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।